एजेन्सी ।
राष्ट्रपति डोनल्ड ट्रम्पको निर्वाचन अभियान समूहले एउटा विज्ञप्ति प्रकाशित गरेर यो निर्वाचन समाप्त नभएको बताएको छ ।
“जो बाइडन विजेता भएको प्रक्षेपण चार राज्यमा अन्तिम नभएको नतिजामा आधारित छ,“ अभियानका वकिल म्याट मोर्गनले भने ।
मोर्गनले बिनाप्रमाण जोर्जिआमा मतपत्रहरू ’गलत तरिकाले ल्याइएको’ र पेन्सिल्भेनियामा पर्यवेक्षणहरूलाई ’अर्थपूर्ण पहुँच’ नदिइएको दाबी गरेका छन् ।
मोर्गनले सञ्चारमाध्यमले आएको एरिजोनामा बाइडनले जित्ने प्रक्षेपणको खण्डन गर्दै नेभाडामा गलत रूपमा हजारौँ मतदान गरिएको दाबी गरे ।
“ह्वाइट हाउस दाबी गर्न बाइडनले यी राज्यका भर परेका छन् तर निर्वाचन सम्पन्न हुँदा राष्ट्रपति ट्रम्प पुनर्निर्वाचित हुनेछन् ।“
मतदानमा व्यापाक अनियमितता भएको प्रमाण छैन र ट्रम्प समूहले पनि कुनै प्रमाण दिएको छैन । बीबीसीबाट
प्रतिक्रिया