१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

बाइडेनले चुनाव जितिसकेः सभामुख पेलोसी



वासिंटन ।
अमेरिकी सभामुख नान्सी पेलोसीले जो बाइडेन विजयी भएको बताएकी छन् । मतगणना सकिनै लाग्दा डेमोक्रेटिक नेत्री पेलोसीले यस्तो घोषणा गरेकी हुन् ।

तर आधिकारिक रुपमा आएका सूचना अनुसार मतगणना अन्तिम चरणमा पुगेको र जो बाइडेन जितनजिक पुगेको बताइएको छ । ’यो बिहान यो कुराको स्पष्ट भइसकेको छ कि बाइडेन र ह्यारिसले ह्वाइटहाउसमा जित्दैछन्,’ पेलोसीले भनिन् । चुनाव जिताउन निर्णायक राज्य मानिएको पेन्सिल्भेनियाको गणनामा बाइडेनले जितेपछि अब उनले नै चुनाव जित्ने पक्कापक्की भएको बताइन्छ ।

साथै पेलोसीले यो देशकै लागि खुसीको दिन भएको पनि बताइन् । ’हाम्रो देशका लागि खुसीको दिन। जो बाइडेन एक साधारण छन् । किनकि उनी जनतालाई एकै ठाउँमा ल्याउन प्रतिवद्ध छन्,’ पेलोसीले भनिन् ।

अमेरिकामा राष्ट्रपतिमा निर्वाचित बन्न कम्तिमा २ सय ७० इलेक्टोरल भोट आवस्यक पर्छ । मतगणना अन्तिम चरणमा पुग्दा बाइडेनले २ सय ५३ भोट ल्याइसकेका छन् । जबकि ट्रम्पले २ सय १४ भोट मात्रै पाएका छन् ।

अमेरिकी चुनावको इतिहासमा यसपटकको निर्वाचनलाई ऐतिहासिक पनि मानिएको छ । सबैभन्दा धेरै मतदाता भएकाले र महामारीका बीच गरिएकाले पनि । साथै यसपटक हुलाकबाट पनि मतदान भयो । राष्ट्रपति ट्रम्प भने हुलाकबाट मतदान गर्ने प्रक्रियाको विपक्षमा थिए ।

प्रकाशित मिति : २२ कार्तिक २०७७ शनिबार ००:००  ६ : ०१ बजे