काठमाडौं ।
देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार ९०९ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ९०९ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार ७० पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३४ हजार ९०५ रहेको छ ।
पछिल्लो २४ घण्टामा चार हजार ५०० जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ५२ हजार ९०८ जना डिस्चार्ज भएका छन् ।
आजसम्म १५ लाख १७ हजार ३४३ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म देशभर एक हजार २५४ जना क्वारेन्टिनमा रहेका छन् । यससँगै कुल संक्रमितको संख्या एक लाख ८८ हजार ८८३ पुगेको छ ।
प्रतिक्रिया