९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

कपिलवस्तुका सिद्धार्थ र दर्शन सहकारीबीच मर्जको औपचारिक छलफल शुरु



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिका भित्र रहेका सहकारीहरु बीच एकिकरण (मर्ज) प्रकृया शुरु हुन थालेको छ । एक व्यक्ति एक सहकारीको निती अनुसार पालिका स्तरमा संचालनमा रहेका सहकारीहरु बीच छलफल अघि बढेको हो ।

यसैक्रममा वाणगंगा नगरपालिकाले पनि सहकारीहरुको अनुगमन गर्न थालेको छ । वाणगंगाकै पुरानो सहकारी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड र दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड बीच एकिकरण प्रकृयाको लागि छलफल भएको छ ।

सहकारीबीचको एकिकरण (मर्ज) प्रकृयामा प्रारम्भमा दुवै सहकारी संस्थाका अध्यक्ष, उपाध्यक्ष, सचिव र व्यवस्थापकहरु बीच आवश्यक छलफल तथा अन्तरकृया भएको हो । सहकारीमा देखिएको सदस्यताको दोहोरोपना, वित्तीय श्रोतमा वृद्धि, सदस्यहरुमा पारस्परिक भावनाको विकास, स्वावलम्वी तथा उत्पादनका विभिन्न व्यवसाय संचालन गर्ने तथा गरिवी निवारण गर्दै स्थानिय अर्थतन्त्रलाई वलियो वनाउदै लैजाने उद्देश्यका साथ सहकारी मर्जको प्रकृयामा अघि बढेको व्यवस्थापक हरिलाल शर्माले बताउनुभयो ।

सहकारीहरुको माध्यमबाट निम्न आय भएका नागरिकलाई समुन्नत र सुखी जीवन वनाउने लक्ष्यका साथ संचालन गरिएको बताइएको छ । दुवै सहकारीका पदाधिकारी बीच भएको छलफल पछि अझ व्यापकता र अन्तिम टुंगोमा पु¥याउन ७ सदस्यीय मर्जर व्यवस्थापन समिति गठन भएको छ ।

जसको संयोजकमा सिद्धार्थ साकोसका अध्यक्ष सूर्य कुमारी शाही, दर्शन साकोसका अध्यक्ष विदुर बहादुर मल्ल, उपाध्यक्ष झलक बहादुर मल्ल, सिद्धार्थ साकोसका उपाध्यक्ष इन्दिरा भट्टराई, सचिव देवकला सुवेदी, दर्शन साकोसका सचिव कृष्ण बहादुर शाही, कोषाध्यक्ष रेशम बहादुर मल्ल सदस्यमा रहनु भएको छ । समितिको सदस्य सचिवको रुपमा सिद्धार्थ साकोसका व्यवस्थापक हरिलाल शर्मा र दर्शन साकोसका व्यवस्थापक भरत मल्ल रहनु भएको छ ।

मर्जर व्यवस्थापन समितिको वैठक यही कार्तिक २५ गते बस्ने तय भएको र उक्त समितिले मर्जर सम्वन्धि कार्यविधि तयार गरी अगाडी वढ्ने समेत जनाएको छ । मर्ज सम्बन्धी पहिलो औपचारिक वैठक दर्शन सहकारीका अध्यक्ष विदुर बहादुर मल्लको अध्यक्षमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०७७ बिहिबार ००:००  ८ : ३६ बजे