एजेन्सी ।
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेट उम्मेदवार जो बाइडेन जित नजिक पुगेका छन् । पछिल्लो मतगणना अनुसार बाइडेनले २४३ इलेक्ट्रोल मत पाएका छन् भने राष्ट्रपति ट्रम्पले २१४ इलेक्ट्रोल मत पाएका छन् । बाइडेनलाई अब जित्न आवश्यक २७ इलेक्ट्रोल मत आवश्यक रहेको छ । बाइडेनले अब दुई राज्य नेभाडा र एरिजोनामा अहिले बनाएको अग्रता कायम राखेमा निर्वाचन जित्ने भएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले भने मत गणनामा धाधली भएको भन्दै कानुनी दाउपेचमा लागेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । ट्रम्प क्याम्पेनका अधिकारीहरुले मिचिगन राज्यका कतिपय स्थानको मत गणना प्रक्रियामा आफुहरुलाई समावेश नगराएको भन्दै अदालत गएका छन् ।
साथै राष्ट्रपति ट्रम्पले पोस्टल ब्यालेट (हुलाकमार्फतको मतदान) मा धाधली भएको भन्दै ति मत गणना हुन नहुने बताउदै आएका छन् । कोरोना महामारीका कारण डेमोक्रेटहरुले आफ्ना समर्थकलाई बढी भन्दा बढी पोस्टल ब्यालेटमार्फत मतदान गर्ने अभियान नै चलाएकाले पोस्टल ब्यालेटमा डेमोक्रेटहरुको मत धेरै रहेको बताइदै आएको छ ।
अमेरिकामा कुल ५३८ वटा इलेक्ट्रोरल कलेज मतमध्ये जुन उम्मेदवारले २७० भन्दा बढी मत प्राप्त गर्न सक्छ उसैलाई विजयी भएको मानिन्छ ।
प्रतिक्रिया