एजेन्सी ।
वेस्ट इण्डिज क्रिकेट टिमका ब्याट्सम्यान मार्लोन स्यामुअल्सले सबै खालका क्रिकेटबाट सन्न्यास लिएका छन् ।
स्यामुअल्सले वेस्ट इण्डिजका लागि आफ्नो अन्तिम खेल सन् २०१८ मा बङ्ग्लादेशविरुद्ध खेलेका थिए । वेस्ट इण्डिजले दुई पटक टी–२० विश्व कपको उपाधि जितेको छ र स्यामुअल्सले दुवै फाइनल खेलमा सबैभन्दा धेरै रन बनाएका थिए ।
ईएसपीएन क्रिकइन्फोको रिपोर्टअनुसार मार्लोन स्यामुअल्सले यस वर्षको जुन महिनामा नै सन्न्यासको बारेमा बताएका थिए ।
स्यामुअल्सले सन् २०१२ को टी–२० वर्ल्ड कप फाइनलमा विस्फोटका पारी खेलेका थिए । उनले ५६ बलमा तीन चौका र ६ छक्काको मद्दतमा ७८ रन बनाएका थिए । साथै उनले सन् २०१६ को टी–२० वर्ल्ड कप फाइनलमा पनि ६६ बलमा ८५ रन बनाएका थिए ।
उनले सबै फर्म्याटमा आफ्नो करिअरमा ११ हजार एक सय ३४ रन बनाउँदा १७ शतक पनि जोडेका छन् । साथै उनले एक सय ५२ विकेट पनि लिएका छन् ।
प्रतिक्रिया