९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

दुई प्रदेश जोडने मोटरेबल पुल जीर्ण बन्यो, मर्मतमा छैन कसैको चासो



गुल्मी ।
गण्डकी प्रदेश र लुम्बिनी प्रदेश जोड्ने जोड्ने मोटरेबल पुल जीर्ण बन्दै जाँदा पनि सरोकारवाला कसैले चासो देखाएका छैनन् ।

गण्डकी प्रदेशको स्याङ्जा र लुम्बिनी प्रदेशको गुल्मी जोड्ने रेप्कामा रहेको मोटरेबल पुल २०५२ सालमा बनाइएको थियो । कालीगण्डकी ए जलविद्युत परियोजना निर्माणको क्रममा गुल्मीको हर्मीचौर र स्याङ्जाको मिर्मीलाई जोड्ने गरी कालीगण्डकी नदीको रेप्कामा इटालियन सरकारले निर्माण गरिदिएको सो पुल यतिखेर जीर्ण बनिसकेको छ ।

कालीगण्डकी नदीले पिलरहरूमा कटान गर्दै लगेपछि पुल जीर्ण बन्दै गएको हो । बुटवल र पोखरादेखि गुल्मीको पुर्तीघाट र बाग्लुङसम्म सो पुल हुँदै सवारीसाधनहरू गुडाउने गरिन्छ ।

मर्मतका सामान्य काम भएपनि पुल जीर्ण नै रहेको छ । दिनानुदिन पुल जीर्ण बन्दै गर्दा पनि सरोकारवाला कसैले वास्ता नगरेको सवारी धनीहरू र स्थानीयको गुनासो छ । जुनसुकै समयमा पनि पुल भत्कन सक्ने र जनधनको क्षति हुनसक्ने तथा वरपर रहेका भन्दै हजारौं स्थानीयलाई आवतजावतमा समस्या पर्ने जोखिम बढेपनि मर्मतमा कसैले चासो स्थानीय तिलक रानाले गुनासो पोखे ।

वर्षौंदेखि जीर्ण रुपमा रहेको पुलको बारेमा हालसम्म पनि कसैको ध्यान पुग्न नसकेको, आवश्यक पर्ने ठाउँमा नहेरी अनावश्यक ठाउँहरूमा र नेताहरूको पहुँचको आधारमा विकास गर्ने तथा खोला नै नभएका ठाउँहरूमा पुल निर्माण गर्ने अवस्था अन्त्य हुनुपर्नेमा स्थानीयहरूले जोड दिएका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७७ बुधबार ००:००  ७ : ०६ बजे