विराटनगर ।
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नौ वर्षीया बालिकासहित दुई जनाको मृत्यु भएको छ । नौ वार्षीया बालिकासहित सुनसरीका दुई जना कोरोना संक्रमितको बुधबार बिहान मृत्यु भएको हो ।
इटहरी उपमहानगरपालिका ६ कि नौ वर्षीया बालिका र धरान उपमहानगरपालिका १ की ६१ वर्षीया वृद्धा महिलाको मृत्यु भएको छ । इटहरी ६ की बालिकाकोे बुधबार बिहान ३ः२५ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिए । बालिकालाई सोमबार कोरोना पुष्टि भएपछि मंगलबार उपचारका लागि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
त्यस्तै धरान १ की ६१ वर्षीया वृद्धा महिलाको पनि प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । डा.श्रेष्ठका अनुसार उच्च रक्तचाप लगायतको समस्या रहेकी वृद्धालाई ३० असोजमा कोरोना पुष्टि भएकोमा ५ कात्तिकमा प्रतिष्ठानको कोभिड अस्पताल भनाई गरिएको थियो ।उनको उपचारकै क्रममा बुधबार बिहान ३ः१५ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिक्रिया