९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना



काठमाण्डौ ।

आज देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको मौसमविदले जनाएका छन् ।

विशेषगरी प्रदेश ४ र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो ।

पश्चिमी वायुको प्रभावका कारण देशका पहाडी भेगमा हल्का पानी पर्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो ।

देशका अरु ठाउँको मौसममा भने आंशिक देखि सामान्य बदली रहनेछ । काठमाण्डौसहित केही पहाडी क्षेत्रमा बिहान लागेको बादल हटेर दिउँसो घाम लाग्ने सम्भावना छ । तर निरन्तर घाम लाग्ने सम्भावना भने छैन । एकैछिन घाम लाग्दै फेरि बादल लाग्ने छ ।

भोलि र पर्सिको मौसम पनि यस्तै नै रहने मौसमविद् श्रेष्ठले बताउनुभयो । यसैबीच आज बिहान ६ बजेको काठमाण्डौ उपत्यकाको तापक्रम ११ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७ बुधबार ००:००  ८ : ३० बजे