९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

भारतीय सेना प्रमख आज नेपाल आउँदै, नेपालबारे विवादास्पद टिप्पणी गर्थे



काठमाण्डौँ ।
भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणे आज नेपाल आउँदै छन् । नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी ग्रहण गर्न उनी चार सदस्यीय टोलीका साथ काठमाडौं आउन लागेका हुन् । उनी अपराह्न भारतीय सेनाको विशेष विमानमार्फत् काठमाडौं आउने छन् ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम छ । साथै, उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि छलफल गर्नेछन् ।

फर्किने दिन शुक्रबार प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग उनले भेटवार्ता गर्ने कार्यक्रम तय भएको नेपाली सेनाले जनाएको छ ।

उनको भ्रमणलाई लक्षित गरी काठमाडौंमा सुरक्षा सतर्कता बढाइएको छ । नेपाल–भारत सीमा विवाद चर्किएको बेला लिम्पियाधुरासहितको नेपालको नक्सालाई लिएर विवादास्पद टिप्पणी गर्ने नरवणेको भ्रमणलाई चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७ बुधबार ००:००  ८ : २० बजे