९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

पूर्वसभामुख महराकी पत्नी सीताको निधन, उनमा कोरोना देखिएको थियो



काठमाडौं ।
पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको उपचारका क्रममा निधन भएको छ। निमोनिया र कोरोना पोजेटिभ देखिएपछि काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत उनको आज बिहान निधन भएको महराका छोरा एटमले जानकारी दिए ।

उनलाई १५ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । आज बुधबार बिहान ६ः२५ बजे उनको निधन भएको हो ।

उनी माइस्थेनियाबाट विगत १० वर्षदेखि पीडित थिइन् ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई केही दिनअघि दाङबाट हेलिकप्टरमा राखेर काठमाडौं ल्याइएको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०७७ बुधबार ००:००  ८ : ०५ बजे