मायादेवी अनलाइन, चार नम्बर ।
साइकल व्यवसायी संघ कपिलवस्तुले तौलिहवामा रहेको बाल गृहमा खाद्यान्न सहयोग गरेको छ ।
संघको सामाजिक उत्तर दायित्व कार्यक्रम अन्तर्गत मंगलबार २९ जना अनाथ तथा अशक्तहरु बसोबास गरिरहेको बाल गृहमा पुगेर १० हजार बराबरको खाद्यान्न सहयोग गरिएको हो ।
कोरोनाको कारण समस्या भएको हुन सक्ने भन्दै राहतस्वरुप दाल, चामल, नुन, तेल, साबुन, सरफ बाल गृहका प्रमुख राम प्रसाद अर्याललाई हस्तान्तरण गरिएको अध्यक्ष घिमिरेले बताउनु भयो । कार्यक्रम सचिव रविन्द्र अर्यालको संचालनमा सम्पन्न भएको थियो ।
संघले बिभिन्न समयमा सामाजिक कामहरु गर्दै आइरहेको मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।
प्रतिक्रिया