९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा खान नियुक्त



तिलोत्तमा ।

नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा फखरुद्दिन खान नियुक्त भएका छन् । प्रदेशसभा सदस्य खानलाई कांग्रेस संसदीय दलको विधान २०७४ को दफा ११(१) बमोजिम कात्तिक १७ गतेदेखि प्रमुख सचेतकमा नियुक्त गरिएको संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले जानकारी दिए ।

खान रुपन्देही क्षेत्र नम्बर ५(२) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । यसअघि सुरेन्द्र हमाल प्रमुख सचेतक रहेका थिए ।

प्रकाशित मिति : १८ कार्तिक २०७७ मंगलबार ००:००  ४ : ५३ बजे