९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

गाडेको शव उत्खनन् गरेर ५ महिनापछि दाहसंस्कार



बिष्णु कुमार आले, अर्घाखाँची ।

अर्घाखाँचीमा शव गाडेको साढे चार महिना पछि पुन उत्खन्न गरी परम्परा अनुसार दाहसंस्कार गरिएको छ । जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ४ का ५७ वर्षीय यमप्रसाद खनालको गत जेठ २८ गते उपचार गरेर फर्कने क्रममा बाटोमा निधन भयो । क्वारेन्टाइनमा बसेको बेला स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशाला भैरहवामा पठाएको थियो । तर ब्यक्तिको मृत्यु भैसक्दा पनि पिसीआर परिक्षणका लागि प्रादेशिक प्रयोगशाला भैरहवामा पठाईएको स्वावको नतिजा नआएपछि खोजिकार्य गर्दा प्रयोगशालाकै लाहापर्वाहीका कारण स्वावको नमुना प्रयोगशाला भित्रै हराएको थियो ।

प्रयोगशालामा पठाएको नमुना हराएपछी पुस्न मृत शरीरबाट स्वाव निकालेर पिसिआर जाँचका लागि प्रादेशिक प्रयोगशाला भैरहवामा पठाईएको स्वावको रिपोर्टमा कोरोना पोजेटिभ आएपछि सव व्यवस्थापन गर्न अन्यौल हुदा शवलाई २ दिनसम्म जङगलको बिचमा प्रतिक्षालयमा सव राखेर परिवारका सदस्यहरूले कुर्न बाध्य भए ।

त्यसबेला परिवारले चाहेको स्थानमा शव व्यवस्थापन गर्न र परम्परा अनुसार काजकिरिया गर्न नपाएपछि चार महिनापछि शव उत्खनन गरेर परम्परा अनुसार अन्त्येष्टि गरिएको परिवारका सदस्य प्रकाश खनालले बताए । अहिले परम्परागत रूपमा सवको दाहसंस्कार गरेपछि परिवारका सदस्यहरू काजकिरिया बसेका छन् । पछिल्लो समय कोरोनाबाट मृत्यु भएका ब्यक्तिको सव परम्परा अनुसार परिवारका सदस्यहरूले दाहसंस्कार गर्न पाउने नीति बनेपछी सव उत्खनन गर्न गाउँपालीकाले अनुमति दिएको मालारानी गाउँपालीकाका अध्यक्ष बालकृष्ण आचार्यले बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०७७ मंगलबार ००:००  ३ : १३ बजे