पोखरा ।
पोखरा महानगरपालिका–५ की ५९ वर्षीया महिलाको सोमबार राति कोरोना संक्रमणबाट मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालअन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
कोरोना पुष्टि भएपछि कात्तिक १४ गते उनी अस्पतालको आईसीयूमा भर्ना भएकी थिइन् । मुटुको भल्भ फेरेकी उनी निमोनियाबाट समेत ग्रसित भएको अस्पतालका निर्देशक डा अर्जुन आचार्यले बताए । प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुने उनी २६औं संक्रमित हुन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।
प्रतिक्रिया