बुटवल ।
रुपन्देहीको मर्चवारी गाउँपालिकामा खसी किनबेचको विषयमा स्थानीयबीच कुटाकुट हुँदा ४ जना घाइते भएका छन् ।
मर्चवारी गाउँपालिका १ सोनवर्षा चोकमा खसी किनेको १ महिनासम्म पनि रकम नदिएका कारण शुरु भएको विवादले उग्र रुप लिएको थियो ।
सोही विषयलाई लिएर भएको विवादले उग्र रुप लिएको इलाका प्रहरी कार्यालय मर्चवारका प्रमुख प्रहरी निरीक्षक अमृत भण्डारीले जानकारी दिए ।
उनका अनुसार बेलुका ७ बजेपछि स्थानीयबीच भएको कुटाकुटका क्रममा ४ वटा मोटरसाइकल र ५ वटा साइकलमा आजगनी र तोडफोड भएको छ । घाइते भएका ४ जनालाई उपचारका लागि भैरहवा ल्याइएको छ ।
अहिले सो स्थानमा बाक्लो संख्यामा प्रहरी परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिइसकेको प्रमुख भण्डारीले बताए ।
प्रतिक्रिया