एजेन्सी ।
अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयमा आतंककारीले सोमबार अन्धाधुन्ध गोली हानेर कम्तीमा २२ जना विद्यार्थीको हत्या गरेको छ ।
तीन जना बन्दुकधारी विश्वविद्यालय हाताभित्र प्रवेश गरी गोली प्रहार गर्दा अन्य २२ जना घाइते भएको बीबीसीले जनाएको छ ।
घटनालगत्तै पुगेको सुरक्षाकर्मीको कारबाहीमा परी ती तीनै आक्रमणकारी पनि मारिएको अफगान गृह मन्त्रालयका प्रवक्ताले बताएका छन् ।
विश्वविद्यालय परिसरमा इरानी पुस्तक प्रदर्शनीको उद्घाटनको तयारी भइरहेका बेला आतंकारीले हमला गरेका थिए ।
तालिबान समूहले यो आक्रमण आफूले नगरेको भन्दै घटनाको निन्दा गरेको छ ।
प्रतिक्रिया