९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

राप्रपा कपिलवस्तुको जागरण महाअभियान सुरु



मायादेवी अनलाइन, तौलिहवा ।
राष्ट्रिय प्रजातन्त्र पार्टी कपिलवस्तुले हिन्दु राज्य जागरण महाअभियान सुरु गरेको छ । पार्टीको जिल्ला कार्य समिती कपिलवस्तुले हिन्दु राज्य जागरण अभियानसंगै कोरोना संक्रमणबारे सचेतना अभियान समेत सञ्चालन गरेको हो ।

पार्टीले तौलिहवाको भिक्षुचोकमा आयोजना गरेको जन जागरण कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष नारायण बहादुर सिंहले हिन्दु राज्य जागरण अभियानसंगै कोरोना संक्रमणबारे सचेतना प्रवाह सुरु गरिएको जानकारी दिए ।

सो अवसरमा पूर्व उपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष कमल थापाका प्रमुख स्वकीय सचिव शंकर घिमिरेलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

उनलाई सम्मानसंगै राप्रपाको मानार्थ जिल्ला सदस्य मनोनयन गरिएको जिल्ला अध्यक्ष सिंहले जानकारी दिए ।

कार्यक्रममा जिल्ला अध्यक्ष सिंहले अब नेपालमा हिन्दु राष्ट्र बन्ने अभियानमा नेपालीले साथ दिने दाबी गरे । कार्यक्रममा राप्रपा केन्द्रिय सदस्य कृष्ण बहादुर चौधरी, साहित्यकार हरिराज शर्मा, समाजसेवी ओम प्रसाद गौतम, डाक्टर सतिस उपाध्याय लगायतले मन्तब्य दिएका थिए ।

प्रकाशित मिति : १७ कार्तिक २०७७ सोमबार ००:००  ७ : ०२ बजे