बाबुराम रायमाझी, भलवाड ।
कपिलवस्तुको भलवाडमा बाल बिबाह न्यूनिकरण सम्वन्धी सचेतना कार्यक्रम गरिएको छ । इलाका प्रहरी कार्यालय पिपराको आयोजना तथा वाणगंगा नगरपालिका वडा नं. ९ भलवाडको सहकार्यमा बाल बिबाह न्यूनिकरण सम्वन्धी १ दिवसिय सचेतना कार्यक्रम वडा कार्यालयको सभा हल जिनुवामा भएको हो ।
सो कार्यक्रममा इलाका प्रहरी कार्यालय पिपराका प्रहरी नायव निरीक्षक टुक बहादुर खत्रीले बाल विबाह हुनुमा गरिवी, जनचेतनाको कमी, सामाजिक संजालको दुरुपयोग, बैदेशिक रोजगारी भएको विषयमा प्रकाश पार्नु भएको थियो ।
साथै कानूनले बिबाह गर्न निर्धारण गरेको २० वर्ष भन्दा कम उमेरमा विवाह भएमा वाल बिवाह ठहर्ने र त्यसरी बिबाह गरेमा कसुर गर्ने व्यक्तिलाई ३ वर्ष कैद र ३० हजार जरिवाना हुने कानूनी व्यवस्था रहेको बताएका थिए ।
सचेतना कार्यक्रममा बाल बिबाहको कारण घरेलु हिंसा, शारीरिक तथा मानसिक रोग आदि समस्याहरु आई पर्ने, बाल बिबाह सबैको समस्या हो, सरोकारवालाबाट सबै समस्याको हातेमालो गरांै, विहेवारी २० वर्ष पारी, बाल बिबाह सामाजिक अपराध हो, जस्ता सचेतनामूलक नारा लेखिएका प्लेकार्डहरु सहभागीहरुले लिएका थिए ।
कार्यक्रममा वडाध्यक्ष ध्रुव बेल्वासेले निकट समयमा वडा नं. ९ भलवाड वालमैत्री वडा घोषणा हुने कार्यक्रम रहेकोले सबैले यस्ता वाल विवाह जस्ता कुरीतिलाई वडाबाट निरुत्साहित गर्न सबैले आ—आफ्नो ठाउँबाट सहयोग पु—याउन जोड दिनु भएको थियो ।
कार्यक्रममा वडा वाल संजाल, वाल क्लव, वालमैत्री समन्वय समिति, निगरानी समिति, टोल बिकास समितिको सहभागिता रहेको कार्यक्रमको सहजीकरण बाबुराम रायमाझीले गर्नु भएको थियो ।
प्रतिक्रिया