९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

रेसुङ्गाबाट पौवा रिसोर्टको सेवा शुभारम्भ



मायादेवी अनलाइन, गुल्मी ।

पौवा रिसोर्टको सेवा रेसुङ्गावाट शुरु भएको छ । सोमवार विहान पत्रकार सम्मेलनमार्फत आफ्नो सेवा शुभारम्भ गरेको जानकारी दिएको हो ।

पौवाले रेसुङ्गावाट १ बर्षको मेहनतपछि सेवा शुभारम्भ गरेको हो । रेसुङ्गालाई विश्वमा परिचित गराउनुका साथै पर्यटकहरुलाई यहाँ उपस्थित गराउन पौवा रिसोर्टले महत्वपूर्ण भूमिका निभाउने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

रेसुङ्गा, पाल्पा, वुटवल, भैरहवा, गोरुसिङ्गे, भालुवाङ, लमही, जुम्लावाट सेवा दिदै आएको पौवाले देशभरवाट आफ्नो सेवा दिने लक्ष्य रहेको पौवा रिसोट सञ्चालक ध्रुव न्यौपानेले जानकारी दिनुभयो । अयोध्याका श्रद्धालु भक्तजनलाई रेसुङ्गा ल्याउनुका साथै रेसुङ्गाको पर्यटकीय क्षेत्रलाई लक्षित गरि पौवा रिसोर्ट रेसुङ्गामा ल्याईएको पैचो पसल प्रा.लि.का प्रवन्धक निर्देशक समेत रहेका न्यौपानेले बताउनुभयो ।

पौवाले रेसुङ्गालाई नै रोज्नुको प्रमुख कारण यहाँको धार्मिकसंगै पर्यटन विकास नै भएको अध्यक्ष दुर्गा भण्डारीले बताउनुभयो । तम्घास आएका पर्यटकलाई रेसुङ्गा पुगौ भन्ने र आउन चाहाना भएमा सेवा समेत दिने उहाँको भनाई छ। छिट्टै पौवाले रेसुङ्गागा घुम्ने प्याकेज समेत निर्माण तयारी रहेको पौवा रिसोटका सञ्चालक शरण कर्मचार्यले बताउनुभयो ।

२५ बर्षका लागि पौवा रिसोर्टले २५ रोपनी जग्गा प्रयोग गर्ने गरि रेसुङ्गा नगरपालिकासंग सम्झौता गरेको छ । २५ बर्षपछि यहाँ निर्माण गरेका सवै संरचना रेसुङ्गा नगरपालिकालाई हस्तान्तरण गर्ने प्रवनध निर्देशक विष्णुप्रसाद ज्ञवालीले बताउनुभयो । रेसुङ्गावाट आफ्नो सेवा शुभारम्भ गरेको पौवा रिसोर्टले कात्तिक २२, २३ र २४ गते स्थानीय परिकार खुवाउने समेत तयारी रहेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७ सोमबार ००:००  ४ : ५६ बजे