काठमाण्डौँ ।
आईपीएल २०२० अन्तर्गत मात्र २ खेल बाँकी रहंदा पनि मुम्बई इन्डीएन्स बाहेक अन्य टिमले प्ले-अफमा स्थान पक्का गरेको छैन। आइतबार कोलकाताले राजस्थानलाई पराजित गरेसंगै राजस्थान प्ले-अफ रेसबाट बाहिर भएको छ भने चेन्नाईसंग पराजित हुँदै पन्जाब पनि बाहिर भएको छ। चेन्नाई बाहिर हुने पहिलो टिम थियो। प्लेअफमा ३ स्थानको लागि अब दिल्ली, बैंगलोर, कोलकाता र हैदरावाद बीच प्रतिस्पर्धा हुँदैछ। सम्भावना हेर्दा तुलनात्मक रुपमा दिल्ली र बैंगलोरको प्लेअफ स्थान बढी सहज देखिएको छ।
यस कारण दिल्ली र बैंगलोरलाई बढी सहज
बैंगलोर, दिल्ली र कोलकाता तिनवटै टिमको १४ अंक रहेको छ तर ३ टिम मध्ये कोलकाताको नेट रन रेट सबैभन्दा कम रहेको छ। सोमबार दिल्ली र बैंगलोर बीच प्रतिस्पर्धा हुँदैछ जसमा २ टिम मध्ये जो विजयी भए पनि कम अन्तरको जित भएमा दुवै टिम प्ले अफ पुग्नेछ।
कोलकाताको लागि सबै भन्दा सहज बाटो हैदरावादले मुम्बईसंग मंगलबार हार बेहोर्नु हो। कोलकाता प्लेअफ पुग्ने अर्को बाटो बैंगलोर दिल्ली बीचको खेलको जितको अन्तर ठूलो हुनु हो। त्यस्तो भएमा दिल्ली र बैंगलोर बीच खेलमा हार बेहोर्ने टिमको नेट रन रेट कोलकाता भन्दा कम हुनेछ। नत्र दिल्ली र बैंगलोर राम्रो अवस्थामा रहेका छन्।
प्लेअफ पुग्न कुन टिमले के गर्नु पर्छ
कोलकाता नाइट राइडर्स ( खेल १४, अंक १४ , नेट रन रेट (०.२१४ )
– हैदरावादले मुम्बईसंग हार बेहोरेको खण्डमा कोलकाता प्लेअफ पुग्नेछ।
– दिल्ली र बैंगलोर बीचको खेलमा पराजित हुने टिमको नेट रन रेट कोलकाता भन्दा कम भएको खण्डमा कोलकाता प्लेअफ पुग्नेछ।
रोयल च्यालेन्जर्स बैंगलोर ( खेल १३, अंक १४, नेट रन रेट (०.१४५ , बाँकी खेल – दिल्लीसंग )
– दिल्लीलाई पराजित गरेमा बैंगलोर प्लेअफको साथै अंकतालिकामा दोश्रो स्थानमा समेत पुग्नेछ।
– दिल्लीसंग पराजित भएमा पनि छनौट हुने सम्भावना अझै रहन्छ जसको लागि कोलकाता भन्दा नेट रन रेटमा अघि हुनु पर्छ
– यदी बैंगलोरले १६० रन बनाएको खण्डमा दिल्लीले कम्तिमा १७.३ ओभर लगाएर लक्ष्य पछ्याउनु पर्छ। यदी पहिले बलिंग गरेको खण्डमा दिल्लीले १६० रन बनायो र खेल बढीमा २१ रनले हारेको खण्डमा कोलकाता भन्दा नेट रन रेटमा बैंगलोर अघि हुनेछ
कोलकाता प्लेअफ पुग्न अन्य टिमको नतिजामा भर पर्नुपर्नेछ
दिल्ली क्यापिटल्स ( खेल १३, अंक १४, नेट रन रेट (०.१५९ , बाँकी खेल बैंगलोरसंग )
– बैंगलोरलाई पराजित गरेमा दिल्ली प्लेअफ पुग्नेछ भने अंकतालिकामा दोश्रो स्थानमा समेत पुग्नेछ।
– बैंगलोरसंग पराजित भएको खण्डमा छनौट हुने सम्भावना अझै रहन्छ जसको लागि कोलकाता भन्दा नेट रन रेटमा अघि हुनु पर्छ।
– यदी दिल्लीले पहिले ब्याटिंग गर्दै १६० रन बनाउछ भने बैंगलोरले कम्तिमा १८ ओभर लगाएर लक्ष्य पछ्याउनु पर्छ। यदी दिल्लीले पहिले बलिंग गरेको खण्डमा १६० रन बनायो र खेल बढीमा १८ रनले हारेमा कोलकाता भन्दा नेट रन रेटमा दिल्ली अघि हुनेछ
सनराइजर्स हैदरावाद ( खेल १३, अंक १२, नेट रन रेट ०.५५५ , बाँकी खेल मुम्बईसंग )
– हैदरावादले अन्तिम खेलमा मुम्बईलाई पराजित गरे प्ले(अफ पुग्नेछ किनकि नेट रन रेट टिमक उत्कृस्ट रहेको छ।
– मुम्बईसंग पराजित भएको खण्डमा भने हैदरावाद बाहिर हुनेछ र
प्रतिक्रिया