९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

दाङका ४८ वर्षीय पुरूषको कोरोनाका कारण मृत्यु



दाङ ।
दाङ तुलसीपुरका एक जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं। ९ निवासी ४८ वर्षीय पुरूषको कोरोनाका कारण बाँकेमा मृत्यु भएको हो ।

उनको नेपालगञ्जस्थित भेरी अस्पतलामा आइतबार राति सवा ११ बजेतिर मृत्यु भएको बाँकेका जिल्ला फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनी कात्तिक १० गते अस्पताल भर्ना भएका थिए । पिसिआर परीक्षण गर्दा ११ गते उनलाई संक्रमण पुष्टि भएको थियो ।

योसहित बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि लगिएका २१ र बाँके जिल्लाका ३३ जना गरी कुल ५४ जनाको मृत्यु भएको फोकल पर्सन श्रेष्ठले सेतोपाटीलाई बताए ।

प्रकाशित मिति : १७ कार्तिक २०७७ सोमबार ००:००  १२ : ५७ बजे