बिष्णु कुमार आले, अर्घाखाँची ।
कोरोना भाइरस संक्रमित सशस्त्र प्रहरी बल, नेपालका प्रहरी नायब निरीक्षक सई को मृत्यु भएको छ । काठमाडौं बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारको क्रममा शनिबार उनको मृत्यु भएको हो ।
सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले अस्पतालको वार्डमा उपचाररत कोरोना संक्रमित सई ४२ बर्षिय नगेन्द्र खड्काको मृत्यु भएको जानकारी दिए । निमोनिया ,दम रोगबाट पिडित उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारको लागि लुम्बिनी अस्पतालबाट असोज २० गते सशस्त्र प्रहरी अस्पताल बलम्बु लगिएको थियो । पुर्खौली घर दैलेख घर भएका हाल सुर्खेत बस्दै आएका खड्का अर्घाखाँची सन्धिखर्क गुल्ममा बिगत २६ महिना देखि कार्यरत थिए ।
प्रतिक्रिया