दाङ ।
तीन किलो लागुऔषध (अफिम) सहित रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका चन्द्रप्रकाश वली पक्राउ परेका छन् । दाङ र बाँकेको सीमा क्षेत्र बाँकेको शिवखोलाबाट २७ वर्षीय वलीलाई पक्राउ गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ ।
विशेष सूचनाको आधारमा सादा पोसाकमा खटिएको प्रहरीले शिवखोलामा शङ्कास्पद रुपमा बसिरहेका वलीमा झोलामा जाँच गर्दा तीन किलो अफिम बरामद गरेको प्रहरीले बताएको छ ।
प्रहरी टोली र लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्जबाट खटिएको संयुक्त टोलीले दाङ र बाँकेको सिमाना राप्तीसोनारी गाउँपालिका १ को शिवखोलाबाट वलीलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया