काठमाडौं ।
कोरोना भाइरस संक्रमणबाट नेपालमा चार जना पत्रकारको मृत्यु भएको छ। नेपाल पत्रकार महासंघको तथ्यांकअनुसार चार पत्रकारको मृत्यु भएको छ भने अहिलेसम्म चार सय भन्दा बढी पत्रकार संक्रमित भइसकेका छन्।
उच्च जोखिमका साथ रिपोर्टिङमा खटेका पत्रकारको निःशुल्क पिसिआर परीक्षण र उपचाररत सबै संक्रमित पत्रकारको उपचारमा उचित व्यवस्था गर्न महासंघले सरकारसँग आग्रह गरेको छ। ‘मन्त्री, सांसद् तथा उच्च पदस्थ सरकारी कर्मचारीहरुलाई राज्यबाट निःशुल्क पिसिआर परीक्षण र उपचार भइरहेको सन्दर्भमा संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मी र आम नागरिकहरुको निःशुल्क पिसिआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै संक्रमित पत्रकारसहित सबै नागरिकको उपचारको उचित व्यवस्था गर्न सरकारसँग आग्रह गर्दछ,’ महासंघका महासचिव रमेश विष्टले आइतबार निकालेको विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया