६ मंसिर २०८१, बिहिबार | Fri Nov 22 2024

ओलीले एकलौटी गरेको प्रचण्डको गुनासो



काठमाण्डौ ।
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यवाहक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ११ दिनपछि भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओलीले पटक पटक बोलाउँदा पनि बालुवाटार नगएका कार्यवाहक अध्यक्ष प्रचण्ड आज भने बालुवाटार जानुभएको र अहिले छलफल भइरहेको उहाँका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।

सरकारले गर्ने महत्वपूर्ण निर्णय र नियुक्तिमा पार्टीभित्र छलफल गर्ने सहमती भए पनि प्रधानमन्त्री ओलीले एकलौटी निर्णय र नियुक्तिलाई निरन्तरता दिएपछि प्रचण्डले असन्तुष्टि जनाउँदै आउनुभएको छ । अध्यक्ष प्रचण्ड बालुवाटार नगएपछि ओलीले विष्णु पौडेल, शंकर पोख्रेल, प्रदीप ज्ञवाली लगायतका दोस्रो तहका नेताहरुलाई दूतको रुपमा खुमलटार पठाउँदै आउनुभएको थियो ।

आजको भेटमा राजदूत नियुक्ति, मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली प्रदेशको विवाद र पर्सा घटना लगायतका विषयमा छलफल भइरहेको प्रचण्डका प्रेस संयोजक सापकोटाले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले बोलीमा एउटा कुरा भन्ने र व्यवहारमा अर्को निर्णय गरेको भन्दै प्रचण्डले गुनासो गर्नुभएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७७ शनिबार ००:००  ४ : २५ बजे