७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

मोटरसाइकल दुर्घटनामा परेका सशस्त्र प्रहरी जवान पौडेललाई बचाउन सकिएन



मायादेवी अनलाइन, वाणगंगा ।
कार्तिक ११ गते मंगलबार आफैले चलाएको स्कुटरबाट दुर्घटनामा परेका सशस्त्र प्रहरी जवान नारायण पौडेलको निधन भएको छ । कपिलवस्तुको वाणगंगा ७ मोतीपुर घर भएर वाणगंगाकै सशस्त्र प्रहरी बेस क्याम्प पिपरामा कार्यरत पौडेलको उपचारकै क्रममा बुटवलमा निधन भएको हो ।

मंगलबार राति पौडेल आफैले चलाएको स्कुटर अनियन्त्रित भएर बोडगाउँमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनाबाट गम्भीर घाइते बनेका पौडेललाई तत्कालै उपचारका लागि बुटवल लगिएको थियो । टाउकोमा गम्भीर चोट लागेका उनको उपचारकै क्रममा बुधबार निधन भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

३२ बर्षीय पौडेलले सशस्त्र प्रहरी बेस क्याम्प पिपराको गाडी चलाउँदै आएका थिए । बर्षौदेखि गाडीलाई कुशलतापूर्वक हाकेका पौडेलको आफैले चलाएको स्कुटर दुर्घटना भएर निधन हुन पुगेको हो ।

दशैं बनाउन घर आएका पाहुँनालाई चारनम्बर छोडेर फर्कने क्रममा स्कुटर दुर्घटनामा परेको जनाइएको छ ।

पौडेलको विहीबार दिउँसो लक्ष्मणघाटमा अन्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७७ बिहिबार ००:००  ५ : ०७ बजे