७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

बाँकेमा २० जना संक्रमितको अवस्था गम्भीर



बाँके ।
बाँकेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २० जना कोरोना सङ्क्रमितको अवस्था गम्भीर छ । भेरी अस्पताल नेपालगञ्जमा १२ र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत २० सङ्क्रमित सिकिस्त रहेका जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

भेरी अस्पतालमा ३४ जना मध्यम र ३ सामान्य खालका बिरामी छन् । त्यस्तै शिक्षण अस्पताल कोहलपुरमा १२ मध्यम र १६ सामान्य खालका विरामी स्वास्थ्य लाभ गरिरहेका छन् ।

भेरी अस्पताल नेपालगञ्जमा २७ महिला र २२ पुरुष, शिक्षण अस्पताल कोहलपुरमा १४ महिला र २२ पुरुष उपचाररत श्रेष्ठले बताए । बाँकेमा १ सय ९२ सङ्क्रमितले होम आइसोलेसनमा बसेर स्वास्थ्य लाभ गरिरहेका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७७ बुधबार ००:००  ५ : ३३ बजे