७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

राप्ती प्रादेशिक अस्पतालले अतिक्रमित जग्गामा बनेका घरटहरा हटाउने



दाङ ।
दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालले आफ्नो अतिक्रमित जग्गामा बनेका घरटहरा हटाउने तयारी गरेको छ ।

अस्पतालको ६ बिघा १७ कठ्ठा जग्गामध्ये करिब डेढ बिघा क्षेत्रफल अतिक्रमण गरेर घर टहरा निर्माण भएपछि हटाउने तयारी थालेको अस्पतालले जनाएको छ ।

केही दिनमै अस्पतालले सर्वपक्षीय बैठक बोलाउने तयारी गरेको राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

अतिक्रमित जग्गा खाली गराउनका लागि २०७२ सालदेखि अस्पताल विकास समिति र अस्पताल प्रशासनले कानुनी प्रक्रिया अघि बढाएको हो । अतिक्रमित जग्गामा बनेका घरटहरा हटाउन अस्पतालले ९० दिन, ४५ दिन, ३५ दिन र १५ दिने सूचना समेत जारी गरी सकेको छ ।

समितिका अध्यक्ष न्यौपानेका अनुसार अस्पतालको भवनदेखि दक्षिणतर्फ सडकको पूर्व पश्चिममा गरेर ८ वटा घर बनेका छन् भने उत्तरतर्फ ईलाका प्रहरी कार्यालय जाने सडकको पश्चिमतर्फ करिब २५ वटा घरटहरा निर्माण भएका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७७ बुधबार ००:००  २ : २१ बजे