मायादेवी अनलाइन, चार नम्बर ।
दशैँको टिका र जमरा आज पनि लगाइँदैछ । दशैँको दिन र हिजो लगाउन नभ्याएका र टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर आज पनि टिका लगाउने गर्दछन् ।
नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा कोजाग्रत पूर्णिमासम्म रहन्छ । त्यही परम्परा अनुसार दशैँको दिन टिका लगाउन नभ्याएकाहरुले आज पनि टिका र जमरा ग्रहण गरी आशिर्वाद लिने छन् ।
यसैबीच आजबाट सरकारी कार्यालय पनि खुलेका छन् । फुलपातीबाट बन्द भएका सरकारी कार्यालय, यातायात, मालपोत, भन्सार, अदालत आदि खुलेका हुन् । विदा लिएर दशैँ मनाउन गएका कर्मचारीहरु आजबाट काममा फर्कने छन् ।
यस्तै आजबाट थप चहलपहल पनि बढेको छ ।सडकमा सवारी आवागमन पनि बढेको छ । निजीस्तरमा चल्ने साना ठुला गाडी देखि लामो तथा छोटो दुरीका सवरी साधन पनि विहानैबट चल्दा चहल पहल बढेको छ । बजार ब्यवसाय पनि विहानैबट खुलेका छन् ।
प्रतिक्रिया