१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

मौसमविद् भन्छन् ‘बादल लागे पनि अब कतै पानी पर्दैन’



काठमाण्डौँ ।

अबदेखि मुलुकका कुनै भेगमा पनि पानी नपर्ने मौसमविद्ले जनाएका छन् । तराई क्षेत्रको मौसम पुर्ण सफा भए पनि हिमाली र पहाडी क्षेत्रको मौसम घाम लाग्दै बादल लाग्ने छ । तर पनि ती ठाउँमा पानी भने कतै नपर्ने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

यसैबीच काठमाण्डौँमा आज कम तापक्रम भएको छ। बिहानको तापक्रम मापन गर्दा यो वर्षकै कम ११ दशमलव ४ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार यसअघि गएको आइतबार काठमाण्डौको तापक्रम १२ दशमलव ५ डिग्री सेल्सियस थियो । त्यसयता बढेर हिजो न्यूनतम तापक्रम १५ डिग्री पुगेको काठमाण्डौको आज बिहानको तापक्रम झण्डै ४ डिग्रीले बढेको हो ।आज दिउँसो काठमाण्डौको तापक्रम २५ देखि २७ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७७ बुधबार ००:००  ८ : १३ बजे