एजेन्सी ।
क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाविरुद्धको खेल गुमाउने भएका छन् ।पछिल्लो पटक गरिएको कोरोना परिक्षणमा रिपोर्ट पुन पोजेटिभ आएपछि रोनाल्डोले बार्सिलोनाविरुद्धको खेल गुमाउने भएका हुन् ।
च्याम्पियन्स लिग फुटबलमा बुधबार रोनाल्डोको टिम युभेन्ट्सले बार्सिलोनासंग प्रतिस्पर्धा गर्दैछ ।एल क्लासिकोमा रियल मड्रिडसंग पराजित बनेपछि मेस्सी सम्मिलित बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्ससंग खेल्न लागेको हो ।
एल क्लासिकोलाई एक समय रोनाल्डो भर्सेस मेस्सीको रुपमा चित्रण गरिन्थ्यो ।रोनाल्डोले रियल मड्रिड छाड्दै टुरिन क्लब रोजेपछि दुई खेलाडीबीच प्रतिस्पर्धा हुन पाएका थिए ।नयाँ सिजनमा रोनाल्डो सम्मिलित युभेन्ट्स र मेस्सी सम्मिलित बार्सिलोना एकै समूहमा रहेका छन् ।
दुवै टिमले समूह चरणको पहिलो खेलमा बुधबार प्रतिस्पर्धा गर्ने तालिका रहेको थियो ।तर पोर्चुगलबाट खेल्ने क्रममा रोनाल्डोलाई कोरोना संक्रमण देखिएको थियो । त्यसपछि रोनाल्डो एकान्तवासमा रहेका छन् । रिपोर्ट पुन पोजेटिभ आएपछि बुधबार बार्सिलोनाविरुद्ध हुने खेल रोनाल्डोले गुमाउने भएका हुन् ।
प्रतिक्रिया