एजेन्सी ।
कोरोना भाइरसको महामारी सुरु भएको झण्डै एक वर्ष हुन लाग्दा पनि अझै नियन्त्रणमा आउन सकेको छैन। विश्वभर कोरोना संक्रमितको संख्या चार करोड ३८ लाखभन्दा बढी छ भने ११ लाख ६५ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा हालसम्म ८९ लाख ६२ हजार ७ सय ८३ जना संक्रमित भएकोमा २ लाख ३१ हजार ४५ जनाको मृत्यु भएको छ। कोरोनाबाट प्रभावित मुलुकको सूचीमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या ७९ लाख ४६ हजार ४ सय २९ पुगेको छ। भारतमा ज्यान गुमाउनेको संख्या १ लाख १९ हजार ५ सय ३५ पुगेको छ।
यस्तै तेस्रो स्थानमा रहेको ब्राजिलमा कोरोना संक्रमितको संख्या ५४ लाख ११ लाख ५ सय ५० पुगेको छ भने मृत्यु हुनेको १ लाख ५७ हजार ४ सय ४१ रहेको छ।
यस्तै कोरोनाबाट बढी प्रभावित देशको सूचीमा रुस चौथो, फ्रान्स पाँचौँ, स्पेन छैठौँ, अर्जेन्टिना सातौँ, कोलम्विया आठौँ, मेक्सिको नवौँ र बेलायत दशौँ स्थानमा रहेको छ। वर्ल्डोमिटरको तथ्याक अनुसार कोरोना संक्रमितको संख्याको आधारमा नेपाल ३४ औँ स्थानमा रहेको छ। नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८ सय ३० रहेको छ भने ८ सय ६२ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया