काठमाण्डौ ।
हास्य कलाकार मनोज गजुरेलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । हिजो बेलुकी कोरोना रिपोर्ट पोजेटिभ आए पनि गएको बिहिबारदेखि नै आइसोलेशनमा बसेको उहाँले बताउनुभयो ।
बिहीबारपछि लगातार सामान्य टाउको दुखेको र त्यसपछि ज्वरो आएर जीउ दुख्न थालेपछि आइतबार पीसीआर गर्दा सोमबार रिपोर्ट पोजेटिभ आएको उहाँको भनाई छ । उहाँले सेल्फ आइसोलेशनमा कडा नियम पालना गर्दै घरेलु उपचार लिइरहेको बताउनुभएको छ ।
प्रतिक्रिया