८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

पछिल्लो २४ घण्टामा ४ हजार बढी डिस्चार्ज, १५ जनाको मृत्यु



काठमाण्डौँ ।
देशभर नोभेल कोरोना भाइरसका थप एक हजार ७४१ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ७४१ संक्रमित थपिएका हुन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८६२ पुगेको छ ।देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४३ हजार २९२ रहेको छ ।
पछिल्लो २४ घण्टामा चार हजार ५ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख १५ हजार ६७५ जना डिस्चार्ज भएका छन् ।
आजसम्म १३ लाख ९८ हजार १७९ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म देशभर दुई हजार ९६९ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर जना आईसीयूमा राखेर उपचार भइरहेको छ । यससँगै कुल संक्रमितको संख्या एक लाख ५९ हजार ८३० पुगेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७७ मंगलबार ००:००  ६ : ११ बजे