८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

यसपालीको दशैँ डिजिटल, घर आउन नपाएकाहरुले भिडियोबाटै आशिर्वाद लिए



मायादेवी अनलाइन, चार नम्बर ।
गत बर्षहरुमा भन्दा यसपटक डिजिटल प्रविधिबाट दशैँ मनाइएको छ । कोरोनाको कारण जो जहाँ छ त्यहीँ मनाउनु पर्ने सरकारको निर्देशन अनुसार आज धेरै जना आफ्नो घर उा आफन्तकहाँ जान पाएनन् । सम्भव हुने ठाउँमा पनि कोरोनाको डरले मानिसहरु टिका थाप्न र आशिर्वाद लिन गएनन् । कपिलवस्तुसहित देशभर यसपटक डिजिटल प्रविधिबाट धेरैले दशैँ मनाए । सामाजिक संजालको रुपमा बढी प्रयोग हुने फेसबुक, भाइबर, इमो, ह्वाट्सअप, युटुभ आदि प्रविधिको प्रयोग गरी दशैँ टिका लगाउने बेला धेरैले भिडियो च्याट गरी दशैँ मनाएका हुन् ।

टिका थाप्ने बेलामा धेरैले सामाजिक संजालबाटै प्रत्यक्ष भिडिओ हेरेर आशिर्वाद लिए । परमपरा र संस्कार मान्ने बुढापाका पनि कोरोनाको कारण छोराछोरी घर आएनन् भनेर त्यति पिर पनि मानेनन् । उनीहरु पनि कोरोनाको कारण सबैलाई जोखिम छ भन्ने बुझेर छोराछोरीलाई टिका लगाउन आउनै पर्छ भनेर कर नगरेको बताइएको छ ।

कपिलवस्तुका दामोदर पौडेलले भन्नुभयो, ‘छोरो काठमाडण्डौँ पढ्छ । आइज नै भने पनि सम्भव थियो, तर टिकाकै लागि त्यति प्रेसर गरिनँ । ऊ आउँदा सबैलई जोखिम थियो । उहाँले थप्नु भयो टिका लगाउने बेला भिडियो च्याट गर्यौँ रमायौँ ।’ यस्तै अन्य सर्वसाधारणले पनि यसैगरी मोबाइल र ल्याबटपको प्रयोग गरी डिजिटल तरिकाले दशैँ मनाएको मायादेवीलाई बताए ।
विदेश भएकाहरुले पनि डिजिटलविधिबाट दशैँ मनाएका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०७७ सोमबार ००:००  ७ : २१ बजे