८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

दशैँमा टम्म निधारभरी टिका किन लगाइन्छ ?



चन्द्रकान्त न्यौपाने, चार नम्बर ।
दुर्गापक्षको मुख्य दिन सोमबार विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले देवी विसर्जनको साइत बिहान १०ः११ बजे रहेको जनाएको छ । दशैँको आफ्नै मौलिक महत्व भए तापनि यस दिन किन निधारभरी जमरा लगाइन्छ त भन्नेबोर धेरैलाई थहा छैन । हामीले यसबारे केही गुरुहरुसंग केही छौँ ।

निधारमा टिका लगाउनुको महत्व पूर्वीय मान्यतामा चन्दन तिलकको अवधारणा रहेको छ । तिलक निधारको मध्यभाग दुबै आँखीभाउँको विचमा लगाइन्छ । जसलाई आज्ञा चक्र पनि भनिन्छ । आज्ञाचक्र शरीरभित्र विद्यमान सम्पूर्ण चक्रहरुको अनुगमन गर्ने चक्र पनि हो । जसलाई वैज्ञानिक रुपमा हेर्दा ग्रन्थीहरुको मास्टर पिट्युटरी ग्रन्थीसंग जोडेर हेर्न सकिन्छ । निधारमा टिका ग्रहण गर्नाले आज्ञा चक्रमा शितलता आउनुका साथै शरीरमा सकारात्मक उर्जा बढ्दै जान्छ । मस्तिष्कबाट श्रावित हुने हर्मोन्सहरुमध्ये मुख्य यो हो । एसीटाइककोलिन जसले मस्तिष्को स्मरण शक्ति, सीर्जनात्मकताको विकास हुँदै जाने हुनाले पनि निधारमा टम्म टिका लगाउँदा एक प्रकारको थेरापी नै हुन्छ । जसबाट मानिसमा उर्जा बढ्ने, सकारात्मकताको विकास हुने, मस्तिष्क परिस्कृत हुँदै जाने गर्दछ । टम्म टिका लगाउँदा बायुमण्डलबाट आउने नकारात्मक विकिरण र उर्जा पनि छेकिन्छ । यो पनि निधारभरी टिका लगाउनुको अर्को मान्यता हो , अध्यात्म चिन्तक कमल पौड्यालले बताउनु भयो । तर यसपटक कोरोनाको कारण धेरै ठाउँ गएर धेरै मानयजनबाट टिका लगाउने अवस्था छैन ।

अर्को ब्यवहारिक कारण पनि छ ।
दशैँमा निधारभरी टिका लगाउनुको अर्को ब्यवहारिक कारण पनि छ । दशैंमा आफूभन्दा ठुलाबडा मान्यजनबाट आशीर्वाद ग्रहण चलन छ । मान्यता अनुसार दशैँमा जतिधेरै ठुलाबडाबाट टिका ग्रहण गरी आशिर्वाद लिइन्छ त्यति नै शुभ फल हुन्छ । यस हिसाबले धेरै ठाउँमा टिका थाप्न जाँदा स्वभावैले निधार टिकाले टम्म भरिन्छ पौड्यालले मायादेवी अनलाइनसंग बताउनु भयो ।
मान्यजनपछि हामी आफुभन्दा ठूला विशिष्ठ व्यक्तिहरुसंग टिका थाप्दै जान्छौं र हाम्रो निधार भरिदै जान्छ । कानमा जमरा पनि लगाउँछौ जमराले हामीलाई अँध्यारोबाट उज्यालो तर्फजाने प्रेरणादिने गर्दछ । किन कि जमरा पनि दश दिनसम्म अँध्यारोबाट उम्रिएर एक छुट्टै दिव्यता प्रदान गरिरहेको हुन्छ । रातो रङ विजय, क्रान्ति एवं उत्सवको प्रतिक भएकाले टिका यसै रङमा मुछिन्छ । दशैँको टिका रातो हुन्छ । जमरा पनि एक बहुमुल्य जडिबुटी औषधी हो । यसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन, अपुग पोषक तत्व पनि प्राप्त हुन्छ ।

प्रकाशित मिति : १० कार्तिक २०७७ सोमबार ००:००  ८ : २० बजे