९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

प्युठान अस्पतालको ओपिडी सेवा बन्द



प्युठान ।
प्यूठान अस्पताल बन्द गरिएको छ । अस्पतालमा कार्यरत चिकित्सकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि सोमबारदेखि अस्पतालको बहिरङ्ग विभागका चार चिकित्सक र आकस्मिक कक्षमा कार्यरत एक कर्मचारीलाई कोरोना सङ्क्रमणपछि ओपिडी सेवा बन्द गरिएको हो ।

अस्पताल व्यवस्थापन अधिकृत राजन घिमिरेका अनुसार अर्को सूचना नआञ्जेल ओपिडी, फिजियोथेरापी र डेन्टल सेवा बन्द गरिएको छ ।

सो अवधिमा अस्पतालमा आकस्मिक र प्रसूति सेवालाई भने निरन्तरता दिइने जनाइएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७ सोमबार ००:००  ५ : ४३ बजे