काठामाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद एवं पूर्वमन्त्री गोकर्ण विष्टले दशैँ भत्ता फिर्ता गर्नुभएको छ । आफ्नो खातामा जम्मा भएको रकम बराबरको चेक काटेर उहाँले संसद् सचिवालयमा फिर्ता पठाउनुभएको हो ।
विष्टले संसद् सचिवालयका महासचिवलाई पत्र पठाउँदै अहिले कोरोनाका कारण देशले चरम सङ्कटको सामना गरिरहेको बताउनुभएको छ । साथै उहाँले लाखौँ श्रमिकले पूर्ण वा आंशिक रुपमा रोजगारी गुमाएको, चउरमा थाल थापेर छाक टार्ने अवस्था देखा परेको पत्रमा उल्लेख गर्नुभएको छ ।
‘कोरोना र अन्य रोगका बिरामीले उपचारको लागि अस्पतालको शय्यासमेत नपाउने अवस्थामा अनावश्यक खर्च र कतिपय सुविधासमेत कटौती गरेर नागरिकको उपचारमा केन्द्रित हुनुपर्ने अवस्था देखा परेको छ’, उहाँले लेख्नुभएको छ, ‘यस्तो अवस्थामा दशैँ भत्ताका नाममा दिएको सुविधाबापतको रकम उपचार र राहतमा सहयोग होस् ।’
प्रतिक्रिया