९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

देशमा संकटकाल, कर्फ्यू लाग्ने सूचना निराधारः गृह मन्त्रालय



काठमाडौं ।
मोबाइल, सामाजिक सञ्जाललगायत विद्युतीय माध्यममा संकटकाल लाग्ने, कर्फ्यू लाग्ने सूचना सम्प्रेषण भइरहेको पाइएको छ। गृह मन्त्रालयले यी सूचनाको तथ्य नरहेको भन्दै सोमबार सजग गराएको छ ।

गृहले सोमबार विज्ञप्ति जारी गरी ती सूचना तथ्यहीन, भ्रामक, निराधार र गलत भएको जानकारी गराएको हो ।

गृहले यस घटनालाई गम्भीरतापूर्व अनुसन्धान थालिएको पनि जनाएको छ । गृह प्रवक्ता चक्रबहादुर बुढाले त्यस्तो सूचना सम्प्रेषण गराउनेमाथि प्रहरीले अनुसन्धान गरिरहेको बताए ।

विगत केही समययता मानिसहरूलाई मोबाइलमा भ्रमपूर्ण सूचना पठाउने काम भइरहेको गुनासो गृहमा पुगेको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०७७ सोमबार ००:००  ३ : १६ बजे