९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

६ जना लक्षणसहित वाणगंगामा थपिए १९ जना कोरोना संक्रमित



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत असोज ३० गते गरिएको पीसीआर परिक्षण मध्येबाट १९ जनामा कोरोना देखिएको हो ।

जसमा ६ जनामा लक्षण देखिएको वाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले मायादेवीलाई बताउनुभयो । लक्षण देखिएका संक्रमितको बुटवलमा उपचार भैरहेको पौडेलले बताउनुभयो ।

सोमबार नगरमा भेटिएका संक्रमित मध्ये १३ जना पिपरा अस्पताल र नगरका स्वास्थ्यकर्मी रहेका छन् । अरु स्थानीयबासी रहेको उहाँले बताउनुभयो ।

गत असोज २९ गते पिपरा अस्पतालमा उपचारका लागि आएकी एक महिलामा संक्रमण देखिएको थियो ।

ती विरामी महिलामा संक्रमण देखिएपछि एक दिन अस्पताल बन्द गर्ने अस्पताल सञ्चालक समितिले निर्णय गरेपनि चौतर्फी विरोध भएपछि उक्त निर्णयलाई पुनः विचार गर्दै अस्पतालको सेवा पुनः सुचारु गरिएको थियो ।

यो पनि पढ्नुहोस् अस्पताल भर्ना भएकी विरामीलाई कोरोना देखिएपछि पिपरा अस्पताल शिल

र, यो पनि संचालनमा आयो पिपरा अस्पताल, छैन कोरोना त्रास !

यता नगरमा अहिले सक्रिय संक्रमित सोमबार थपिएका १९ जनासंगै ४३ जना पुगेका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७७ सोमबार ००:००  २ : ४६ बजे