काठमाडौं ।
रुपन्देहीकी एक महिलाले अष्ट्रियामा आफ्नै तीन सन्तानको हत्या गरेकी छन् । अष्ट्रियाको क्रोने अनलाइनका अनुसार ३१ वर्षिय नेपाली महिलाले आफ्नै अपार्टमेण्टमा ३ जना बालबालिकाको हत्या गरेकी हुन् । समाचारमा आफ्ना बच्चाहरुको हत्या गरेर पुलिसलाई खबर गरेको उल्लेख गरेको छ ।
मृतक तीनजना बालबालिकाहरु ८ महिनाका एक छोरा एवम् तीन र ९ वर्षकी वर्षकी २ छोरी थिए । तीन सन्तानको हत्यापछि उनले आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको खबरमा रहेको छ ।
समाचार अनुसार महिलाले शनिबार बिहान सन्तानको हत्यागरी ५ बजेपछि पुलिसलाई स्वयम् खवर गरेको पत्रिकाले लेखेको छ ।
प्रतिक्रिया