९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

सिटीले आर्सनललाई हराउँदा चेल्सीको बराबरी, युनाइटेडको जित,



एजेन्सी ।

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले आर्सनललाई पराजित गरेको छ। शनिबार राति भएको खेलमा सिटीले १० गोलको जित हात पारेको हो।

सिटीको जितमा स्टर्लिङले खेलको २३ मिनेटमा गोल गरेका थिए। यता म्यानचेस्टर युनाइटेडले न्युकासल युनाइटेडलाई ४-१ गोलले पराजित गरेको छ। खेलको दोस्रो मिनेटमा म्यानचेस्टरका लुक शाले आफ्नै पोस्टमा गोल गरेपछि न्युकासलले अग्रता लियो।

त्यसपछि म्यानचेस्टरका लागि ह्यारी माग्युरले २३ मिनेट, ब्रुनो फर्नान्डेजले ८६ मिनेट, वान विसाकाले ९० मिनेट र रास्फोडले दोस्रो हाफको इन्जुरी टाइममा थप गोल गरे।

चेल्सी र साउथह्याम्टनबीचको खेल भने ३-३ गोलको बराबरीमा सकिएको छ। चेल्सीका लागि वेर्नरले खेलको १५ र २८ मिनेटमा गरी दुई गोल गरेका थिए। यस्तै हाभर्ट्जले ५९ मिनेटमा अर्को गोल गरे।

तर न्युकासलका इंग्सले ४३ मिनेटमा गोल फर्काए। ५७ मिनेटमा एडम्सले अर्को गोल गर्दा खेल २(२ को बराबरीमा आयो।

दुई मिनेटपछि चेल्सीले खेलमा अग्रता लियो। तर दोस्रो हाफको इन्जुरी टाइममा न्युकासलका भेस्टगार्डले बराबरी गोल गर्दै आफ्नो टिमको हार टारे। त्यसअघि दिनको पहिलो खेलमा एभर्टन र लिभरपुलले २(२ गोलको बराबरी खेलेका थिए।

लिगमा एभर्टन १३ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको लिभरपुलको १० अंक छ। आर्सनल ९ अंकसहित पाँचौ स्थानमा रहदा छैटौं स्थानको चेल्सीको ८ अंक छ।

म्यानचेस्टर सिटी ४ खेलबाट ७ अंक जोडेर नवौ स्थानमा रहेको छ। म्यानचेस्टर युनाइटेडले ४ खेलबाट ६ अंक जोडेको छ भने उ अंक तालिकाको छैटौं स्थानमा छ।

प्रकाशित मिति : २ कार्तिक २०७७ आइतबार ००:००  ७ : ३३ बजे