काठमाडौं ।
इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को ३३ औं खेलमा एबी डी भिलियर्सले चम्किएपछि रोयल च्यालेन्जर्स बेंगलोरले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा राजस्थानले दिएको १ सय ७८ रनको लक्ष्य बेंगलोरले १९ ओभर ४ बलमा ३ विकेटको क्षतिमा भेट्टाएको हो । बेंगलोरलाई जितका लागि अन्तिम १२ बलमा ३५ रन आवश्यक थियो । डी भिलिएर्सले ३ छक्कासहित १९ औं ओभरमा २५ रन निकालेपछि बेंगलोरको पक्षमा खेल आयो ।
त्यसक्रममा डी भिलियर्सले २२ बलमा नटआउट ५५ रन जोडे भने गुर्किरत सिंहले १९ रनको योगदान दिए । यस्तै कप्तान विराट कोहलीले ४३ रन जोड्दा देबदुत पडीक्कलले ३५ रन बनाए । कोहली र देवदत्त पडिकलले ७९ रन साझेदारी गर्दै बेंगलोरलाई लक्ष्यतर्फ उन्मुख गराएका थिए ।
यस्तै आरोन फिन्चले १४ रन बनाए । राजस्थानका श्रेयस गोपाल, कार्तिक त्यागी र राहुल टेवाटियाले एक एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको थियो ।। जसमा अर्धशतक पार गरेका कप्तान स्टेभन स्मिथले ५७ रनको जोडेका थिए ।
यस्तै ओपनर रोबिन उथप्पाले ४१, जोस बटलरले २४, बेन स्टोक्सले १५ र सञ्जु सामसनले ९ रन बटुलेका थिए । बैंंगलोरका लागि क्रिस मोरिसले ३ तथा युजवेन्द्र चहालले २ विकेट लिए ।
प्रतिक्रिया