९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

साबित्रीको कपिलवस्तुमा गर्जन (फोटोफिचर)



दीपा महत, वाणगंगा ।
नारीमाथि हुने विभिन्न प्रकारका हिंसा रोक्न माग गर्दै कपिलवस्तुका युवा शनिबार अपराह्न सडकमा उत्रिए । पछिल्लो समय नारीमाथि बलात्कार, हत्या, एसिड आक्रमण लगाएत जघन्य अपराध बढेको भन्दै दोषीलाई कडा भन्दा कडा सजाएको माग गर्दै युवाहरु सडकमा उत्रिएका हुन् । वाणगंगा नगरपालिका जितपुरमा भएको सचेतना मूलक कार्यक्रममा युवाहरु कालोवस्त्रमा उत्रिएका थिए ।

उनीहरुले महिलामाथि बलात्कारजन्य घटना बढेको भन्दै यसप्रकारका घटना रोक्न सरकारलाई दबाब दिएका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नारी अधिकारकर्मी साबित्री सुवेदीले बलात्कारीलाई फासीको सजाए माग गरिन् ।

थप हेर्नुहोस् तस्बीरमा

प्रकाशित मिति : १ कार्तिक २०७७ शनिबार ००:००  ८ : ०२ बजे