९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

सात महिना पछि विदेशी पर्यटक आगमन खुला



काठमाडौं ।
सात महिना पहिले भन्दा अहिले नेपालमा कोरोना संक्रमणको जाखिम उच्च छ । यद्यपि सरकारले विदेशी पर्यटक आगमनमा लगाएको रोक आज (शनिबार) देखि खुला गरेको छ ।

विश्वव्यापी कोरोना महामारीका कारण सात महिना पहिले अर्थात गत चैत ११ देखि विदेशी पर्यटक आगमनमा रोक लगाइएको थियो ।

अहिले नेपालमा कोरोना संक्रमण कतिपय जिल्लामा समुदाय स्तरमै फैलिसकेको भए पनि विदेशी पर्यटक आगमन खुला कात्तिक १ देखि खुला गरेको हो ।

नेपाल आउने पर्यटकलाई पिसिआर परीक्षणको रिपोर्ट भने अनिवार्य गरिको छ । नेपाल आउने पर्यटकले अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने पनि सरकारले जनाएको छ । ७ दिन क्वारेन्टिनमा बसेपछि मात्रै उनीहरुले घुम्न पाउने छन् ।

यसहरी आउने पर्यटकलाई सहरी क्षेत्रमा भन्दा पहाडी र हिमाली क्षेत्रका पदयात्रा र पर्वतारोहणलाई प्राथमिकता दिएको पर्यटन मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७७ शनिबार ००:००  १२ : २३ बजे