चन्द्रकान्त न्यौपाने, चार नम्बर ।
इलाका प्रहरी कार्यालय बाणगंगा २ पिपरा कपिलवस्तुका प्रहरीको निरीक्षक (इन्स्पेक्टर) दिनेश गुरुङ पुरस्कृत हुनु भएको छ ।
६५ औं प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले गुरुङको काम प्रतिको लगनशिलताको उच्च मुल्यांकन गर्दै गुरुङलाई शुक्रबार ‘उत्कृष्ट अनुसन्धानकर्ता’ को रुपमा पुरस्कृत गरेको हो ।
राजनीति विज्ञानमा स्नातकोत्तर तह उत्तिर्ण गर्नु भएका गुरुङ ४ बर्षअघि प्रहरी सेवामा प्रवेश गर्नु भएको थियो । उहाँ पिपरा आउनु भएको अझै १ महिना भएको छैन । यो बीचमा पनि उहाँले केही सुधारका काम गरिसक्नु भएको छ ।
पुरस्कृत भएपछि गुरुङले मायादेवीसंग संक्षिप्त भनाई राख्नु भएको छ । उहाँले भन्नुभयो, ‘पुरस्कारको लागि काम गर्दिनँ । प्रदेश प्रहरीले मलाई योग्य ठानेर यो पुरस्कार दिएको छ । यसको कद घट्न दिने छैन । यस पुरस्कारले थप जिम्मेवार बनाएको छ ।’
पिपरा आएदेखि नै आफ्नो ध्यान जनताको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा रहेको बताउनु भएका गुरुङले नाजायज काममा कसैसंग मिलीमतो नगरी काम गर्ने मायादेवीसंग पुनः दाहोर्याउनु भयो । रुकुम पूर्वमा इन्चार्ज हुँदा कारोबारीविरुद्ध एक्कासी फायरिङ गरेपछि गुरुङ उतिबेला प्रहरी वृत्तमा चर्चामा आउनु भएको थियो ।
प्रतिक्रिया