९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कोलकत्तालाई ८ विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा



एजेन्सी ।

साविक विजेता मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । अबुधाबीमा शुक्रबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो ।

शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १ सय ४९ रनको लक्ष्य मुम्बईले १६ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । मुम्बईको जितमा क्विनटन डी ककले अविजित रहदै ७८ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४४ बलमा ९ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै कप्तान रोहित शर्माले ३५ रन जोड्दा सूर्यकुमार यादबले १० रन बनाए । हार्दिक पाण्डय २१ रनमा अविजित रहे ।कोलकत्ताका भरुण चक्रवर्ती र शिबम माभीले १र१ विकेट लिए ।यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो ।

कोलकत्ताको लागि पाट कुमिन्सले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान इयान मोर्गन ३९ रनमा अविजित रहे ।यस्तै सुबमन गिलले २१ रन जोड्दा आन्द्रे रसेलले १२ रन जोडे ।

मुम्बईका राहुल चाहरले २ विकेट लिए । यस्तै ट्रेन्ट बोल्ट, कल्टर नेइल र जस्प्रित बुम्राहले १र१ विकेट लिए । कोलकत्तालाई हराएसँगै मुम्बईले लिगमा छैटौं जित निकालेको छ । कोलकत्ताले ८ खेलमा ६ जितसहित १२ अंक जोडेको छ ।

कोलकत्ताको यो चौंथो हार हो । ८ खेलमा ८ अंक जोडेको कोलकत्ता चौंथो स्थानमा रहेको छ ।यस सिजन कोलकत्तामाथि मुम्बईको यो लगातार दोस्रो जित हो । सिजनको पहिलो भेटमा मुम्बईले कोलकत्तालाई ४९ रनले हराएको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०७७ शनिबार ००:००  ६ : १६ बजे