रुकुम ।
पूर्वको सिस्ने गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिका भित्रका सबै वडा र बस्तीका बालबालिकाले नियमित खोप पाएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।
स्वास्थ्य कार्यालय रुकुम (पूर्व) र सिस्ने गाउँपालिकाको समन्वयमा औपचारिक कार्यक्रमको आयोजना गर्दै पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । प्रतिनिधिसभाका सदस्य कमला रोकाले बिहीबार प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै पूर्ण खोप सुनिश्चित घोषणा गरे ।
गाउँपालिका अन्तर्गतको स्वास्थ्य संस्था र स्वास्थ्य कार्यालय रुकुम (पूर्व) को सक्रियता र सरकारको लक्ष्य र लगानीमा गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा भएको भन्दै सहयोग गर्ने सबै सम्बन्धित पक्षलाई सांसद रोकाले धन्यवाद दिए ।
अहिले जिल्लाका सबै बालबालिकाले नियमित खोप पाएका छन् । पछिल्लो समय अभिभावकमा पनि नियमीत खोपका लागि आफ्ना बालबालिकालाई स्वास्थ्य संस्थामै पु¥याउनुपर्छ भन्ने चेतनाको विकास हुदै गएको सांसद रोकाको भनाइ छ ।
प्रतिक्रिया