९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

रुपन्देहीमा जेसीजको राष्ट्रिय महाधिवेशन हुने



बुटवल ।
नेपाल जेसीजको ४७ औं राष्ट्रिय महाधिवेशन रुपन्देहीमा हुने भएको छ । आगामी पुस १ गतेदेदखि ४ गतेसम्म रुपन्देहीको तिलोत्तमामा भलबारी जेसीजको आतिथ्यतामा महाधिवेशन गर्ने तय भएको जेसीजले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

महाधिवेशनमा एकजना अध्यक्ष, चारजना कार्यकारिणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष गरी १७ पदमा एक वर्षे कार्यकालका लगि निर्वाचन हुने नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अशोक शंकरले बताए ।

महासचिव, कोषाध्यक्ष र कानुनी सल्लाहकार भने निर्वाचित अध्यक्षले मनोनित गर्न पाउने जेसीजको विधानमा व्यवस्था रहेको छ ।

एक हजार सात सयजना मतदाता रहेको जेसीज महाधिवेशनमा देशभरका १५७ वटा शाखाका अध्यक्ष, बोर्ड डाइरेक्टर, पूर्वअध्यक्षहरु, उम्मेदवारलगायत तीन सय जनादेखि चार सय जनासम्मको उपस्थिति रहने अध्यक्ष शंकरले जानकारी दिए ।

प्रकाशित मिति : ३० आश्विन २०७७ शुक्रबार ००:००  ९ : ३५ बजे